arrow

सरोकार समिति र सुशासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सङ्घीयता सबलीकरण गर्न आगामी आ.व. २०८०÷८१ को बजेट मा सङ्घ, प्रदेश र स्थानीय तहबिच वित्तीय हस्तान्तरणको तयारी, राजश्व र प्राकृतिक स्रोत उपयोग एवं लाभ बाँडफाँडको अवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस कार्यान्वयनको अवस्था, विद्युत् प्रसारण आयोजनाको हालसम्मको कार्य प्रगति र समस्याको बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ