arrow

कर्णाली एमालेले पाउने सहमति, माओवादीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
rajkumar-sharma-karnali-mukhyamantri.jpg

कर्णाली। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिँदै छन् । 

मुख्यमन्त्री शर्माले मङ्गलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराइसकेका छन् । 

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाले)ले मुख्यमन्त्रीको पद पाउने छ । 

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । 

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इन्चार्ज मल्लले बताए । 

उनले भने, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नुपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।” 

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्यौलता सृजना भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ