arrow

नयाँ आयोजना नथप्न सरकारलाई समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
rishikesh-pokhrel-12-22.jpg

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरू थप नगर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो । 

समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरू सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिए । उनले वि.स.२०८३ र ०८४ सम्म कम्तीमा बाटो र पुल निर्माण हुने गरी हुलाकी राजमार्गसँग सम्बद्ध प्रस्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए । 

उनले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अप्ठ्यारो रहेको भन्दै त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिने बताए । उनले आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति नबने काम अगाडि बढ्न सक्ने अवस्था नभएको बताए । सभापति आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जबाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिए । उनले हुलाकी राजमार्ग र भौतिक मन्त्रालयसँग समेत जोडेर अर्थ मन्त्रालयले उठाएका जे प्रश्नबीचको विभेदका विषयमा अर्थ मन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गरे । 

उनले भने,‘सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने दायित्व सरकारको हो । पुराना आयोजनाहरू सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न आग्रह गर्दछौँ । २०८३ र ०८४ सम्म कम्तीमा बाटो र पुल हुलाकी राजमार्गसँग सम्बद्ध प्राविधिकता सडक मार्गको यकिन गरी अर्थ मन्त्रालयले उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थ मन्त्रालयलाई निर्देशन गर्दछौँ । राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अप्ठ्यारो छ त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिन चाहन्छौँ । आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति बनेन भने काम अगाडि बढ्न सक्ने अवस्था छैन । आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफ देही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिन्छौँ । हुलाकी राजमार्ग र भौतिक मन्त्रालयसँग समेत जोडेर अर्थ मन्त्रालयले उठाएका जे प्रश्न छन् । यसबीचको विभेद के हो । अर्थ मन्त्रालयसँग जवाफ माग गर्दछौँ । १८ जना निर्देशकहरू हुलाकी राजमार्गमा आएको भन्ने कुरा आयो । १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगति विवरण के हो ? त्यो समितिलाई उपलब्ध गराउन निर्देशन दिन्छौँ । हुलाकी राजमार्ग भित्रका अलपत्र क्षेत्रहरू रहेका ठेक्का लागेको साना आयोजनाहरू चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्नुपर्छ । वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने तयारी गरौँ ।’

उनले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगति विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए । उनले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरू चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिए। उनले समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ