arrow

प्रभु बैंक र एनसीएचएलले गरे नेपाल–भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
prabhu-bank-nchl.jpg

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतामा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र एनसिएचएलबीच बुधबार सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा शुरू भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आप्mनो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ । 

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाखसम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्थासमेत मिलाइएको छ । 

हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोबार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ । 

यो अन्तर्देशीय विद्युतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउनेमा विश्वस्त रहेको बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 
 



लोकप्रिय समाचार
नयाँ