व्यवसायीक क्रिकेट खेल्न छ महिला क्रिकेट खेलाडी मलेसियामा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
597
Shares
काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान ईन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो ।
मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।