arrow

मन्त्रिपरिषद्को बैठकका निर्णय

जोशी र ढकाल एआईजीमा बढुवा, सरकारको नीति तथा कार्यक्रम जेठ १ गते [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
rekha-sharma-81-01-27.jpg

काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा गरेको छ । 

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजी पदमा बढुवा गरी पदस्थापना गरेको हो । 

सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् । सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रश्तुत गर्ने निर्णय गरेको पनि बताइन् । 

उनले भनिन्, ‘प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने र पदस्थापना गर्ने । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने । समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने । भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रश्तुत गर्ने ।’

सरकारले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ