arrow

यार्सा टिप्न हिँडेका एक युवाको लेक लागेर मृत्यु 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
yarshagumba-2080-04-12.jpg
तस्बिर – फाइल ।

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्ला जिल्ला पातारासी गाउँपालिका ३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेर बिहीबार मृत्यु भएको हो ।
 
रावत यार्सागुम्बा टिप्न भनी पाटनतर्फ जाँदै गर्दा लेक लागेर बिरामी भएपछि आफन्त साथीहरुले उपचारका लागि पुलु स्वास्थ्य चौकी मुगुमा ल्याइ सामान्य उपचार गराएपछि थप उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा रिउस बगर भन्ने स्थानमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराए । 
 
मृतक रावतको जिल्ला अस्पतालमा बिहीबारै पोष्टमार्टम भएर शव आफन्तहरुले बुझिसकेको पनि प्रनाउ थापाले बताए । यार्सा टिप्‍न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्दार तथा औषधी उपचार नहुँदा बर्सेनि यार्सा पाटनहरुमा दर्जन भन्दा बढी संकलकहरुले  ज्यान गुमाउँदै आएका छन् ।

गत वर्षमात्र यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका १३ जनाको हिउँ पहिरोमा परी मृत्यु भएको थियो ।

यो वर्ष मुगुम कार्मारोङ्ग गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका २ दर्जन बढी पाटनहरु खुला गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ