arrow

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
siraha-karagar.jpg

सिरहा । सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ ।

सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कूल पाँच सय आठजना राखिएका छन् । 

उनको अनुसार कारागारमा दुई सय ५१ पुरुष र १५ महिला कैदी तथा दुई सय २९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् ।

विसं २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कूल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन-तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनसो गरेका छन् ।

क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानी लगायतको समस्या रहेको पनि उनीहरुले गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ