arrow

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
yamlal-kandel.jpg
तस्बिर-फाइल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् सुर्खेतले आयोजना गरेको आदिवासी जनजातिको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताए । 

“जनजातिहरूको कार्यक्रममा पुरुषको भन्दा महिलाको सहभागिता हुनु सकारात्मक कुरा हो । वास्तवमा यस्तो कार्यक्रमको स्वामित्व, पहलकदमी सरकारले लिनुपर्ने हो”, मुख्यमन्त्री कँडेलले भने ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग तथा लिसार सांस्कृति समूहको समन्वयमा सम्पन कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासङ्घ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ