arrow

बत्तीसपुतलीमा दुई समूहबीच झडप : एक जनाको मृत्यु, चार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
nepal-police12.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” 

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ