arrow

अल्पमतमा मधेस सरकार, बाहिरियो माओवादी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
sarojkumar-yadav-cm-madhes.jpg
तस्बिर – फाइल, मुख्यमन्त्री सरोजकुमार यादव ।

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।

राजीनामा दिनेमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरण मन्त्री भरतप्रसाद साह रहेका छन् ।  साथै माओवादी केन्द्रले आइतबारै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

योसँगै मधेस प्रदेशको सरकार अल्पमतमा परेको छ । गत बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा ६१ मत पाएका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मतमात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।

मधेसमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ