arrow

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
nepal-police12.jpg

जलेश्वर ।  महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

भारतबाट प्र.२-०२-००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्यूँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेको राइनलाई मटिहानी -७ स्थित पुल नजिकै खटिएको प्रहरीले शङ्का लागेर जाँच गर्दा उनको झोलाबाट स्रोत नखुलेको रु ६ लाख ६८ हजार पाँच सय बरामद गरेको हो । प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ