arrow

एकीकृत समाजवादीको निर्णय 

सहकारी प्रकरणमा रविमाथि छानबिन समिति बनाउन एसको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
socialist-party-madhav.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरेको । बुधबार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको बताएका हुन् । 

उनले कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेको बताए । उनले समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको बताए ।

उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ । ’

उनले बैठकले मुलुकका विभिन्न स्थानमा लागेको डढेलो र आगलागीमा परी घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष आग्रह गरे । उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरीक्षण प्रणालीजस्ता संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन आग्रह गरे ।



नयाँ