arrow

मधेस प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
madhes-pradesh-sabha-building-2079.jpg
तस्बिर-फाइल

धनुषा। मधेस प्रदेशमा सरकार बाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन्।

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताए।

उनले आलोपालो नेतृत्व लिने गरी नेकपा (एमाले), जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन करिबकरिब सहमति बनेको पनि बताए।

‘पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ।

सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेश गर्छौ’, दलका नेता साहले भने।

प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र ९, लोसपा आठ र एकीकृत समाजवादीबाट सातजना प्रदेशसभा सदस्य छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ