arrow

प्रचण्डले बेवास्ता गरिरहेको माधवको आरोप [भिडियो]

हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
madhav-nepal-03-05.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए ।

 उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाइृ बेवास्ता गरिरहेको आरोप लगाए । उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए । उनले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताए । उनले देशमा स्थायित्व र वामपन्थी कम्युनिस्टहरू बीचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यु अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उन भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खालि तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छाँै । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छाँै, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिस्टहरू बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ