arrow

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
Dang-hamrakura.jpeg
तस्बिर-फाइल

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका-५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार लमही नगरपालिका-६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो ।

उनी साथीहरू मिलेर नुहाउन गएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डुबेर मृत्यु भएको अवस्थामा निकालेको थियो । उनको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ