- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपालीसहित ३ जनालाई अपहरण गरेको खुलेको छ । अपरहणमा पर्ने एक सुडानी नागरिक हुन् ।
दुई नेपाली र एक सुडानी जिनिनाबाट अपहरणमा परेकाे एक स्थानीय सरकारी अधिकारीलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
‘हतियारधारी समूहले आइतबार तीन जनालाई जिनिनाबाट अपहरण गरेको हो, पश्चिम डार्फर राज्य सरकारका प्रवक्ता अब्देल्ह मुस्तफाको भनाई उल्लेख गर्दै एएफपीले भनेको छ, ‘अपहरणमा पर्नेमा २ नेपाली र एक सुडानी छन् । प्रहरीले अपहरणकारीलाई खोजीरहेको छ ।’
यूएनएचसीआरका अधिकारीहरुले भने अपहरणबारे तत्काल कुनै प्रतिक्रिया दिएन । यद्यपि, प्रवक्ताले घटनापछि त्यसविषयमा छलफल गर्न बैठक बसेको जानकारी गराएका छन् । जिनिनाका एक स्थानीयले बन्दुकधारी ‘फोर बाइ फोर’ वाहनमा आएको बयान दिएका छन् ।
डार्फरमा सन् २००३ देखि बढेको गृहयुद्धमा ३ लाख बढीको मृत्यु भइसकेको र २५ लाख बढी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।