arrow
ADVERTISEMENT

माधवको पार्टीले प्रचण्डलाई विश्वासको मत दिने [भिडियो]

कसैले शंका नगरे हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
madhav-nepal-03-06.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै छन् । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे । 

आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरूलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुबिधा नपाल्न पनि आग्रह गरे ।

उनले भने,‘भोली प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुबिधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौँ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ