arrow

प्रचण्डले विश्वासको मत लिँदा सत्तापक्षका तीन सांसद अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
parliament-81-2-7y-(22).jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सत्ता पक्षका तीन सांसद अनुपस्थित भएका छन् । मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत तथा विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारुढ दलका तीन जना सांसद अनुपस्थित भएका छन् । बैठकमा नेकपा एमालेका बसन्त नेम्वाङ, एकीकृत समाजवादीका प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका गंगाराम थारु अनुपस्थित भएका हुन् । 

एमालेका सांसद नेम्वाङ २ महिनादेखि बिरामी छन् भने अरु दुई सांसदको बारेका संसद सचिवालयलाई जानकारी नरहेको बताइएको छ ।

आजको विश्वासको मतका लागि एकीकृत समाजवादी र नाउपाले ह्वीप लगाएका थिएनन् ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिचमा विश्वासको मत लिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ