arrow

तरुण दलले माग्यो सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
ravi-sahakari-thagi-tarun-d.jpg

काठमाडौँ । नेपाल तरुण दलले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको मागलाई एकसूत्रीय मागको रुपमा अगाडि सारेको छ । लामिछाने सहकारी ठगीमा परेका प्रमाणहरु बाहिरिँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारबाही नगरेको भन्दै तरुण दल आक्रोशित भएको हो । 

लाखौँ नेपालीहरु जोडिएको सहकारीमा भएको ठगीको अहिलेसम्म सरकारले छानबिन गरेको छैन । गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउन तरुण दलको माउ पार्टी नेपाली कांग्रेसले माग गरे पनि अहिलेसम्म समिति बनेको छैन । 

विरोधका क्रममा तरुण दलले राजधानीको कोटेश्वर चोकमा बिहीबार बेलुकी मसाल जुलुस प्रदर्शन गरेको छ । मुलुकभरमै मसाल जुलुसहरु निस्केका छन् । 

सरकारले भने लामिछानेको बचाउ गर्दै आएको छ । 

ravi-sahakari-thagi-tarun-dal (1).jpg
ravi-sahakari-thagi-tarun-dal (2).jpg
ravi-sahakari-thagi-tarun-dal (3).jpg
ravi-sahakari-thagi-tarun-dal (4).jpg
ravi-sahakari-thagi-tarun-dal (5).jpg
ravi-sahakari-thagi-tarun-dal (6).jpg
ravi-sahakari-thagi-tarun-dal (7).jpg
ravi-sahakari-thagi-tarun-dal (8).jpg
ravi-sahakari-thagi-tarun-dal (9).jpg
ravi-sahakari-thagi-tarun-dal (10).jpg
ravi-sahakari-thagi-tarun-dal (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ