arrow

ओली गिरीबन्धु र लामिछाने सहकारीमा मुछिने डरले अस्वभाविक सम्झौता – तरुण दल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
tarundal-81-2-12.jpg

धुलिखेल । नेपाल तरुण दलले सहकारी गठी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिमात्र नभइ अब राजीनामा नै मागेको छ । 

तरुण दल धुलिखेल नगरपालिका कार्यसमिति विस्तार एवं जलपान कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहमन्त्रीमाथि छानबिन त छँदैछ अब राजीनामा नै दिनुपर्ने बताएका हुन् । 

रविलाई राजीनामा दिन दबाब दिन तरुण दलले चर्को आन्दोलन गर्ने पनि उनले बताए । उनले नेपाली जनतालाई भ्रमित पार्न र आफूविरुद्द भएको मुद्दालाई ढाकछोप गर्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न लान्छना नलगाउन गृहमन्त्रीलाई चेतावनी दिँदै यदि दोषी देखिने प्रमाण भए कारबाही प्रक्रिया अघि बढाउन कुनै रोक नभएको बताए 
 । 

देशका विभिन्न सहकारीमा नेकपा एमालेका नेताहरु रहेको र गिरीबन्धु टि–स्टेट प्रकरणमा आफू मुछिने डरले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच अस्वभाविक सम्झौता भएको पनि अध्यक्ष गुरुङले आरोप लगाए । 

एमालेका नेताहरुबाट महिला दिदीबहिनीहरु असुरक्षित रहेको कुरा अध्यक्ष गुरुङले बताउँदै एमाले नेताहरुबाट शोषित हुने महिलाहरुको उजुरी प्रहरीहरुले पनि नलिनु विडम्बना भएको बताए । 

बिहान बेलुकाको छाक टार्दै सहकारीमा जम्मा गरेको पैसाले जीवनयापन गरिरहेका साना–साना व्यापारी, मजदुर, दैनिक ज्यालादारी व्यक्तिहरुलाई  आज गृहमन्त्री रवि लामिछानेले बिल्लिबाठ बनाएको अध्यक्ष गुरुङले बताए । 

उक्त कार्यक्रमबाट छिरिङ लामाको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति विस्तार भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ