रविलाई ज्ञानेन्द्रको प्रश्न – सत्तामा गएपछि कुरा किन बदलियो ?
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् । उनले प्रतिपक्षमा हुँदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि बिर्सेको आरोप लगाएका छन् ।
उनले गृहमन्त्रीलाई डराएको हो ? खुट्टा कमाएको हो भन्दै प्रश्न गरेका थिए । उनले राप्रपा सांसद गीता बस्नेतलाई उस्तै प्रकृतिमा पक्राउ पुर्जी जारी गरिएको तर गोरखा मिडियामा संलग्न रहेका गृहमन्त्रीमाथि छानबिन पनि हुन नसक्ने भन्दै प्रश्न गरे ।
उनले गृहमन्त्रीलाई सहकारी ठगी प्रकरणमा छानबिन गर्न दिन आग्रह गरेका छन् ।