arrow

केन्द्रको समीकरण भन्दा बाहिर मधेस प्रदेशमा अर्को सरकार नबन्ने प्रधानमन्त्रीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
prachanda-03-18.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गरे ।

उनले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको बताए । उनले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिए पनि अहिलेको समीकरण भन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताए ।

उनले भने, ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन । माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर छैन, हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ ।  समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ