arrow

अनुदानमा ट्याक्टर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
hate tractor.jpg

गण्डकी । कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्याक्टर र जाली वितरण गरिएको छ । 

मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो ।

हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्याक्टर वितरण गरिएको हो ।

एउटा ट्याक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए । 

सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्याक्टर वितरण गरिएको थियो ।

“सहकारीले उत्पादन जोड दिँदै आएको छ”, अध्यक्ष बरालले भन्ए । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ । 

कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन् ।

कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलव्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो ।

 जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ