arrow

नरेन्द्र मोदीले थाले ४५ घण्टे ध्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
narendra-modi-yog-24-5-30.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ घण्टे ध्यान शुरु गरेका छन् । उनी कन्याकुमारीको विवेकानन्द रक मेमोरियल ध्यान मन्डपममा ४५ घण्टे ध्यानमा बसेका हुन् । 

उनी शनिबारसम्म ध्यानमा रहने छन् । मोदीले त्यही ठाउँमा ध्यान गरिरहेका छन् जहाँ सन् १८९२ मा स्वामी विवेकानन्दले ध्यान गरेका थिए । 

लोकसभा चुनावको प्रचारप्रसार सकिएसँगै मोदी बिहीबार साँझ कन्याकुमारी पुगेका थिए । उनले त्यहाँ सबैभन्दा पहिले भगवती देवी अम्मन मन्दिरमा पूजा गरेका थिए । 

सो क्रममा उनले लुंगीसमेत लगाएका थिए । पूजारीले उनलाई विशेष आरती र प्रसाद गराएका थिए । 

मोदी ध्यान मन्डपममा रहेका बेलामा कन्याकुमारीमा दुई हजार सुरक्षाकर्मी तैनाथ रहेका छन् । यसका अलावा सुरक्षाका लागि तमिलनाडु पुलिसको कोस्टल सेक्युरिटी ग्रुप, कोष्ट गार्ड र नेभी पनि तैनाथ रहेका छन् । 

ध्यान गर्नका लागि चुनाव आयोगले कुनै आचार संहिता उल्लंघन नहुने जनाएको छ । विपक्षी कांग्रेसले बुधबारमात्रै ध्यान यात्रा आचार संहिता विपरीत भएको जनाएको थियो । 

यसअघि सन् २०१९ को अन्तिम चरणको मतदानअघि पनि मोदी ध्यानमा बसेका थिए । त्यतिबेला उनी केदारनाथको रुद्र गुफामा १७ घण्टे ध्यानमा बसेका थिए । 

शनिबार लोकसभाको सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । मंगलबार मतगणना हुनेछ । 

मोदी लगातार तेस्रो पटक सरकारको नेतृत्व नजिक रहेका छन् । विभिन्न सर्वेक्षणले मोदीलाई नै फेरि सरकारको नेतृत्व गर्ने बताइरहेका छन् । 

अनुमान मोदी सरकार निरन्तर

इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ । 

मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो । 

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । 

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ । 

प्रदेशअनुसार फरक फरक सिट जित्ने अनुमान गरिएको छ । यस्तो छ सर्वेको आँकडा–

उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ । 

बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ । 

पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ । 

महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ । 

मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ । 

त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।

झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ । 

पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ । 

हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ । 

असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ । 

केरलमा पनि भाजपाले कुनै सिट नजित्ने आँकलन गरिएको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्दा एलडीएफले २ सिट जित्ने अनुमान गरिएको छ । 

हिमाचल प्रदेशको ४ सिटमा भाजपाले क्निन स्वीप गर्ने अनुमान गरिएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ