arrow

पाटनमा लेक लागेर थप एकको मृत्यु, यार्सा टिप्न गएका मृतकको संख्या तीन पुग्यो

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ जेठ १९ शनिबार
yarshagumba-2080-04-12.jpg
तस्बिर – फाइल ।

मुगु । पाटनमा सिकिस्त बिरामी भइ मुगु गाउँतर्फ ल्याउदै गरेका थप एक जना यार्सा संकलकको मृत्यु भएको छ । शनिबार दिउँसो ठूलो कोइकी पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरेका छायाँनाथ रारा नगरपालिका वडा नं १२ का राजबहादुर सावतको बाटोमै मृत्यु भएको हो ।

यसअघि लेक लागेका मुगु गाउँ पुर्याइएका सोही नगरपालिका सोही वडा शोभा गाउँका वर्ष १९ का मनबहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय शोभान बुढाको मृत्यु भएको थियो ।

राजबहादुर सावतको मृत्युसँगै यासा टिप्न गएर लेक लाग्दा मृत्यु हुनेको संख्या ३ पुगेको छ । तीनैजना छायाँनाथ रारा नगर पालिका वडा नं १२ का स्थानीय युवा हुन् ।

राजबहादुर सावतको मृत्युबारे प्रहरीले सिकिस्त भएर बाटोमा ल्याउँदै गरेको बताए पनि कम्फा गाउँका स्थानीय गोर्ख नेपालीले समाजिक सन्जाल फेसबुकमा समवेदना लेख्दै मृत्यु भएको बताएका छन् ।

सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमार्फत मृत्युबारे जानकारी गराएका हुन् ।

उच्च हिमाली पाटनहरुमा पाइने बहुमुल्य,बहुउपयोगी यार्सागुम्बा टिप्नका लागि पाटन पुगेकामध्ये आधा दर्जन संकलकहरुको लेक लागेर, पेट दुखेर, लडेर, हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।

गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा  पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो ।

पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोली निश्चित ठाउँमा बस्ने तर संकलकहरु टाढाका पाटनहरुमा पुग्ने भएकाले बिरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।

मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउँपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ