arrow

बाग्लुङ्गका दुई होटेलको सेवामा विशेष छुटका लागि प्रभु बैङ्कसँग सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
prabhu-bank-hotel-peace-[alace.jpg

काठमाडौँ। प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई बाग्लुङ्गमा अवस्थित न्यु होटेल पिस प्यालेस र होटेल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटेल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटेल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैङ्कका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर द्घारा हस्ताक्षर गरियो।

सम्झौताअनुसार प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरुले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रूपमा चिनिन्छ। अन्नपूर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरूका लागि ट्रान्जिट सेन्टरको रूपमा काम गरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरूको जिल्लाको उपनामबाट परिचित छ।

धौलागिरि र अन्नपूर्ण शृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग ट्रेकिङ, बाइकिङ्ग, र्‍याफ्टिङ्ग तथा साहसिक चाहनेहरूका लागि उक्त गन्तव्य स्थानका रूपमा लिइन्। कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम सङ्ग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्त्विक महत्वका स्थानहरूबाट समेत परिचित छ। त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त सिकार आरक्ष, ढोरपाटन सिकार आरक्ष जहाँ निलो भेडाहरूको प्रमुख वासस्थान रहेको पाइन्छ।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैङ्क अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैङ्क, छोटो समयको अन्तराल मानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ