arrow

नागरिकलाई सेवा प्रवाह गर्ने सवालमा कुनै सम्झौता हुँदैन : प्रजिअ पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
bharatmani-panday-cdo-kaski.jpg

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले नागरिकलाई सेवा प्रवाह गर्ने सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

सोमबारदेखि कास्कीमा प्रजिअको जिम्मेवारी सम्हालेका पाण्डेले मंगलबार पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

उनले पर्यटनको राजधानी घोषणा भएको पोखरा २४ सै घन्टा खुलाउनेदेखि अन्य विकास निर्माणका काममा सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए ।

राजनीतिक दल, नागरिक समाज, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने उनको अठोट छ ।

कास्कीमा राष्ट्रिय परिपत्र र नागरिकताको प्रतिलिपि लिनेको भीड कार्यालयमा अत्यधिक रहेकाले त्यसलाई कम गर्न पहल थालिसकेको उनले बताए ।

पाण्डेले यसअघि मकवानपुर र रुपन्देहीको प्रजिअ भएर काम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ