arrow

प्रहरी निरीक्षक शिवाकोटी घरेलु श्रमिक बालिका बलात्कारको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । घरेलु कामदारको रुपमा राखिएकी बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । 

स्वयम्भू प्रहरी वृत्तले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरेको हो । 

शिवाकोटीलाई १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

 ‘सबै कुरा यकिन छैन तर उनी पक्राउ परेका चाहिँ हुन् । अनुसन्धान हुँदैछ’, एसपी अधिकारीले भने । उनले  घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने बताए । 

पीडित भनिएकी बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन् । शिवाकोटीले नै पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् । उजुरी लगत्तै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । 

शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ