arrow

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान ८ बजेदेखि नै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
cdo office kaski hamrakura.jpg
तस्बिर-फाइल

पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । कास्कीमा पनि सेवाग्राहीका चाप थेगिनसक्नु छ ।

सेवाग्राहीको चाप र गुनासो बढ्दै गएपछि प्रशासनले दुई घण्टा बढी सेवा दिने निर्णय गरेको छ । निर्णयअनुसार कास्की जिल्ला प्रशासन कार्यालय अबदेखि बिहान ८ बजेदेखि खुल्ने छ । कास्कीको प्रमुख जिल्ला अधिकारीमा भरतमणि पाण्डे आएसँगै कार्यालयमा नयाँ नियम लागू भएको हो ।

थपिएको बिहान ८ देखि १० बजेसम्म सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीले मात्रै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिन पाउनेछन् ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘यसपूर्व राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका सेवाग्राहीले यसपूर्व फोटो खिचाएको निस्सा र सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपिसहित कार्यालयको कोठा नम्बर २०३ मा प्रशासकीय अधिकृत भीष्मराज अर्याल (मोबाइल नम्बर ९८४१६८११८६) सँग सम्पर्क गरी राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्नु हुन अनुरोध छ ।’

राष्ट्रिय परिचयपत्रसम्बन्धी कुनै दुविधा भई केही बुझ्नुपर्ने भएमा वा गुनासो भएमा कार्यालयको कोठा नम्बर २०५ मा प्रशासकीय अधिकृत मुकुन्दराज पौडेलसँग सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ