arrow

आईटी क्षेत्रमा १५ लाख रोजगारी सिर्जना गरिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
prachanda-02-26.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईटी क्षेत्रमा १५ लाख रोजगारी सिर्जना गरिने बताएका छन् । 

प्रचण्डले १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरिएको बताए । 

“सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीन प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ”, प्रधानमन्त्री दाहालले भने । 

उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, ‘डेटा’ सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण गर्ने विषय बजेटमा समावेश गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ