arrow

प्रधानमन्त्रीले मोर्चा नेतालाई भने–‘संशोधन स्वीकार्नुस्, निवार्चनमा जाऔं’

मोर्चाले भन्यो–११ बुँदे अनुसार संशोधन नभए चुनावै विथोल्छौं

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
baliwatar-meet-morcha-naya.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न र स्थानीय तहको निर्वाचनमा जानका लागि आग्रह गरेका छन् ।

बिहान बालुवाटारमा मोर्चाका नेताहरुलाई बोलाएर प्रधानमन्त्री दाहालले प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ ।

यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’ बैठकपछि माओवादी नेता वर्षमान पुनले प्रधानमन्त्रीले सक्ने जति विषयहरु ल्याएको र थप छलफल गर्नुपर्ने कुरामा तयार रहेको बताएको जानकारी दिएका छन् ।

११ बुँदे अनुसार संशोधन नभए चुनावै विथोल्छौं
बैठकमा सहभागि मोर्चाका नेताहरुले मधेशका थप माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव परिमार्जन गर्न आग्रह गरे । बैठकपछि सद्भावनाका महामन्त्री मनीष सुमनले हाम्राकुरासँग भने, ‘प्रधानमन्त्रीले संशोधन स्वीकारिदिनुस् भन्नु भयो ।

हामीले यथास्थितिमा स्वीकार्न सक्दैनौं ११ बुँदे माग अनुसार संशोधन, परिमार्जन हुनुपर्छ भन्यौं ।’ यस्तै सुमनले प्रधानमन्त्रीले स्थानीय निर्वाचनमा जाने कुरा गरेको सुनाउँदै थपे, ‘११ बुँदे अनुसार संशोधन गरिएन र जबर्जस्ती चुनावमा जान खोजिए चुनावै विथोल्छौं भनेर हामीले प्रधानमन्त्रीलाई नै भनिदिएका छौं ।’ त्यतिकै सम्झौता हुन सक्दैन ।

बैठकमा कांग्रेस नेताहरुपनि
मोर्चा नेताहरुसंगको बैठकमा कांग्रेस नेताहरु पनि सहभागि भए । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, शान्तिमन्त्री एवं कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल लगायत सहभागि भए । यस्तै, माओवादीका प्रधानमन्त्री दाहाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन तथा मधेसी मोर्चाकातर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्रराय यादवलगायत सहभागि थिए ।



लोकप्रिय समाचार
नयाँ