arrow

मोदीको शपथमा सहभागी हुन प्रचण्ड भारतमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
prachanda-india-farewell-81.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानूनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन् ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज बेलुकी ७ः१५ बजे शपथ लिँदैछन् ।

मोदीले निर्वाचनको परिणामपछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए । मोदीसँग छलफलसमेत हुने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

prachanda-india-farewell-81-2-27 (1).jpg
prachanda-india-farewell-81-2-27 (2).jpg
prachanda-india-farewell-81-2-27 (3).jpg
prachanda-india-farewell-81-2-27 (4).jpg
prachanda-india-farewell-81-2-27 (5).jpg
prachanda-india-farewell-81-2-27 (6).jpg
prachanda-india-farewell-81-2-27 (7).jpg
prachanda-india-farewell-81-2-27 (8).jpg
prachanda-india-farewell-81-2-27 (9).jpg
prachanda-india-farewell-81-2-27 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ