arrow

प्रधानमन्त्रीको बिदाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
prachanda-bidai.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत गएका छन् । आइतबार मध्यान्ह उनी भारत भ्रमणमा निस्किएका हुन् । 

भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनी भारत गएका हुन्। 

उनलाई बिदाइ गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ लगायत अन्य उच्चपदस्थ व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिए । 

औपचारिक भ्रमणका क्रममा दाहाल मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी बन्नेछन् । 

आइतबार साँझ मोदीको शपथग्रहणमा सहभागी बन्ने र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गङ्गा दाहाल लगायत उच्चपदस्थ सरकारी कर्मचारीहरू रहेका छन् । 

प्रधानमन्त्रीको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ