arrow

मोदीलाई भेटेर फर्किएका प्रचण्डले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
prachandas.jpg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताएका छन् । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताउनुभएको हो । सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी कुराकानी भएको बताए । 

उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए । उनले डा. एस. जयशंकरसँगको भेटमा नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको बताए ।

उनले भने, ‘नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो। मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उनले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ। त्यसै गरी, २०८१ जेठ २८ गते (तदनुसार १० जुन २०२४) का दिन भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग मैले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेँ। भेटका अवसरमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भयो । सोही दिन भारतका नवनियुक्त संघीय मन्त्री महामहिम डा. एस. जयशंकरले मसँग शिष्टाचार भेट गर्नुभयो। उहाँहरूसँग नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भयो। नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसँग समेत मेरो भेटघाट एवं समसामयिक विषयमा विचारको आदान प्रदान भयो। केही सञ्चारकर्मीहरूसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता समेतका सम्बन्धमा कुराकानी भयो। यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ। साथै, आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको छ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ