arrow

पन्ध्र करोड ठगी गर्ने चार जना प्रहरीको फन्दामा, अमेरिका जाने आशमा ठगिए तीन सय भन्दा बढी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
thagi-bidesh.jpg

काठमाडौँ । अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूलाई सार्वजनिक गरेको हो । तीन सय जना भन्दा बढी मानिसहरूसँग अमेरिका कम्बोडिया,न्यजिल्याण्ड,फ्रान्स लगायतका देशहरूमा पठाई दिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । 

उनले पक्राउ पर्नेहरूमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट,कास्की जिल्ला माछापुच्छ्रे« गाउँपालिकाका २२ वर्षे नवीन वि.क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई पक्राउ गरिएको बताए । उनले अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको बताए । उनले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरूले विगत ३-४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी दिए । 

उनले उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरूले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताए । उनले पक्राउ पर्नेहरूले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरूलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताए ।

उनले प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेहरूले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ