मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो ? यसो भन्छन् माधव नेपाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
745
Shares
काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बिहीबार अपराह्न संसद भवन परिसरमा सञ्चारकर्मीहरूले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदा खेरी सोधौला । सांसदहरूको संसद्प्रति रुचि कम भएको होला ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् ।