arrow

प्रचण्ड र ओली सरकारमा खेलोफड्को गर्न चाहन्छन्, जिम्मा लिँदैनन् - गगन थापा [भिडियो]

नयाँ राजनीतिक दलहरूको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरू केही पनि छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
gagan-thapa-03-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा खेलोफड्को गर्न बसिरहेको बताएका छन् । प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको भन्दै महामन्त्री थापाले यता आए पनि उति गए पनि प्रधानमन्त्री बन्ने खेलोफड्को गर्ने तर जिम्मा भन्ने नलिने गरेको बताए ।

उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यति बेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । उनले प्रधानमन्त्री दाहालले जसरी पनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको बताए । महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताए । उनले एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडी बढेको बताए । एमाले पनि जिम्मा नलिई अबको दुई, तीन वर्षको राजनीतिमा सरकारमा रहिरहन चाहेको र खेलोफड्को गर्ने उनले बताए । 

उनले भने – ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलि पनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसाबकिताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जाने वाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मुलत्ः एमाले र माओवादी पार्टीहरूको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उनलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उन प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आए पनि बन्ने । उता आए पनि बन्ने । बनिराख्ने भन्ने छ । त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने योभन्दा एक वर्ष अगाडी उनकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन । तर त्यो राम्रो नभएको हिसाबकिताब उनले के गर्नुभयो ? उनले जिम्मा लगाइदिनु भयो, कांग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उनले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन । नेकपा(एमाले) त सरकारमा छ, छैन ? सरकारमा छ पनि । छैन पनि । सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ । हेर्दा खेरी मात्रै जुनियर मन्त्रीहरू पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त बजेटमा कसरी पन्छिएको । सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातो रातो देखियो भनेर सर्लक्क पन्छिएको छ । बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनुहुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा(एमाले) सरकारमा रहिरहन चाहन्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन ।' 

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरूले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरू जिम्मेवारी अनुसारको काम नगरी सामाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको बताए । उनीहरूले समस्याको समाधान गर्ने भन्दा पनि चटक गरिरहेका बताए ।

उनले भने – ‘ नयाँ राजनीतिक दलहरूको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरू केही पनि छैन । कसरी हुन्छ, के गर्ने, जे गर्दा खेरी सामाजिक सञ्जालमा साँझ दुई वटा मान्छेले गर्ने लाइक बढ्छ, बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन । आज मैले के बोल्ने होला ? आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला ? त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चार जना बढीले टिकटिकमा हेर्छन् । जिम्मा लिएको छ, जिम्मेवारीमा बसेको छ । उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरू भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने । समस्याको समाधान गर्ने होइन । खालि मानिसहरूको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरूको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने । जिम्मा लिने भएन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ