arrow

मोदीलाई भ्रमणको निम्तो दिएको छु, छिट्टै आउँछु भन्नु भएको छ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
prachanda-81-3-6-parliament.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् । 

मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा सहभागी हुन पुगेका प्रचण्डले मोदीलाई कार्यकालको शुभकामना दिँदै नेपाल भ्रमणको निम्तो दिएकोसमेत उनले बताए । 

सो क्रममा मोदीले उनलाई छिट्टै औपचारिक भ्रमणमा आउने बताएकोसमेत प्रचण्डले प्रतिनिधि सभाको बिहीबारको बैठकमा जानकारी दिए । 

उनले भने, ‘श्री नरेन्द्र मोदीलाई भ्रमणको निम्तो दिएको छु, छिट्टै आउँछु भन्नु भएको छ ।’ 

उनले दुई देशबीचको सम्बन्ध मजबुद हुने विश्वाससमेत व्यक्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ