arrow

प्रभु बैङ्क र बन्दिपुरका ९ होटेल तथा रेष्टुरेण्टबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
prabhu-bank-bandipur-nine-hotel-mou.jpg

काठमाडौँ। पर्यटकीय नगर तथा पहाडकी रानी भनेर चिनिने बन्दिपुरमा अवस्थित बन्दिपुरका ९ होटेल तथा  रेस्टुरेन्टहरूबीच प्रभु बैङ्क लिमिटेडले विशेष छुटको सम्झौता गरेको छ।  ईको होटेल प्रालि, हेरिटेज गेस्ट हाउस एण्ड रेस्टुरेन्ट, होटेल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटेल प्रालि., हिल्स सेभेन रेस्टुरेन्ट एण्ड लज, होटेल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बीचमा प्रभु बैङ्क लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

यही आषाढ २ गते छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटेल प्रालिको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेस्ट हाउस एण्ड रेस्टुरेन्टका प्रोप्राइटर सङ्गीता प्रधान, होटेल दरबार हिमालयका प्रोप्राइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोप्राइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोप्राइटर प्रतिमा श्रेष्ठ, गुड होटेल प्रालिका निर्देशक विश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेस्टुरेन्ट एण्ड लजका प्रोप्राइटर रबी शान्ति पिया, होटेल तिनधाराका प्रोप्राइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोप्राइटर नन्दा पिया र प्रभु बैङ्क लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा इन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटेल तथा रेस्टुरेन्टमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभा हल लगायतका सेवाहरूमा ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्। साथै प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैङ्कसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधि बाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०६ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बडी ग्राहकहरूलाई “विश्वास लिन्छौँ विश्वास दिन्छौँ” मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ