arrow

शुक्रा हाउस र प्रभु बैंकबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
prabhu-bank-sukra-agreement.jpg

काठमाडौँ । पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्राली र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रामा उपचार सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहबीच शुक्रा हाउस तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दिपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । 

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारले शुक्रा हाउसमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिश छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी र ईकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ । 

रिजल्टस् ह्वेर म्याटर्स मूल नाराका साथ २०८० जेठ ३ गतेका दिन औपचारिक रुपमा काठमाडौँको मुटु पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालीको स्थापना गरिएको थियो । 

त्यसैगरी ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ । बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ