arrow

आगामी आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि गर्न सकिन्छ - अर्थसचिव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
madhukar-marasini-finance.jpg

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि पुग्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैङ्किङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै अर्थसचिव मरासिनीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएकाले आगामी आर्थिक वर्ष २०८१-०८२मा आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउन सकिने अवस्था रहेको बताए । 

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ६ प्रतिशत मात्रै आर्थिक वृद्धिको लक्ष्य राखे पनि ७ प्रतिशतसम्म पुर्‍याउन सक्ने सम्भावना रहेको बताए । सचिव मरासिनीले अर्थतन्त्र सही बाटोमा अघि बढेको र आर्थिक गतिविधि पनि चलायमान हुँदै गएको बताए । उनले अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार हुँदै गएको र निर्यात पनि बढेको अवस्था रहेको बताए । 

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केही लचकताको पछिल्लो समय परिणाम पनि देखिँदै आएको पनि दाबी गर्नुभयो । उनले मौद्रिक नीतिको समीक्षा पछि घरजग्गाको कारोबार,राजश्व र पुँजी बजारमा पनि केही सुधारहरू भइरहेको बताए । उनले अब बैङ्किङ कर्जामा पनि सुधार हुँदै जाने उल्लेख गर्नुभयो । उनले वाणिज्य बैङ्कहरूसँग भएको लगानी योग्य रकम लगानी गर्न सक्नुपर्ने बताए । उनले सरकारले अर्थतन्त्रको अवस्थालाई हेरेर बजेटको साइज र राजश्वको लक्ष्य निर्धारण गरेको बताए । उनले पुँजीगत खर्चको लागि विगतका वर्षहरूको भन्दा आगामी वर्षको लागि केही बजेट वृद्धि गरेर ३५२ अर्ब पुर्‍याएको बताए ।

उनले भने,‘ अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार हुँदै गएको र निर्यात पनि बढिरहेको अवस्था छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केही लचकताको पछिल्लो समय परिणाम पनि देखिँदै आएको छ । घरजग्गाको कारोबार पनि केही बढेको र राजश्व जेठ महिनामा बढेको छ । पुँजी बजारमा पनि केही सुधारहरू भइरहेको छ । बैंक कर्जामा पनि सुधार हुँदै जान्छ । वाणिज्य बैङ्कहरूसँग भएको लगानी योग्य रकम लगानी गर्न सकुन् भन्ने अर्थ मन्त्रालयको धारणा हुन्छ । ६ सय अर्ब रुपैयाँ बजारमा लगानी गर्नु पर्ने भयो । अर्थतन्त्रको अवस्थालाई हेर्दा अर्थ मन्त्रालयले बजेटको साइज र राजश्वको लक्ष्य राखेका छौं । त्यहाँ भन्दा बढी सरकारसँग गर्न सक्ने ठाउँ थिएन । पुँजीगत खर्चको लागि पनि विगतका वर्षहरूको भन्दा केही बजेट वृद्धि गरेर ३५२ अर्ब राखेका छौँ । चालु वर्षमा ३०२ अर्ब मात्रै थियो । खर्चको तुलनामा ६३ प्रतिशत बजेट बढाएका छौं । सरकारले बजेट मार्फत आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेका छौं । पहिला वास्तविकता भन्दा पनि अनुमानको आधारमामा ७ देखि ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्ने तर लक्ष्य भन्दा तल खुम्चने हुन्थ्यो । तर यो वर्ष वास्तविकतामा आधारित भएर लक्ष्य राखेकाले ६ प्रतिशत भन्दा पनि ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ । सबैले आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सहयोग होस् । बैङ्कहरूमा भएको लगानी योग्य ६ सय अर्ब रुपैयाँ बजारमा लगानी होस् । बजेटले आइटी र पर्यटन लगायत धेरै विषयहरू खोलेको छ । सम्भावनाका क्षेत्रहरूमा बैङ्कहरूले लगानी बढाउन आवश्यक छ ।’

उनले पछिल्लो समय बजेटभन्दा मौद्रिक नीतिप्रति आशा राखेको देखिएको बताए । उनले आर्थिक नीति भन्दा पनि निजी क्षेत्र तथा सर्वसाधारणले समेत मौद्रिक नीतिलाई बढी महत्वका साथ चासो राखेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ