एनआईसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकलाई दिने छुट योजना
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
959
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एसिया बैंकले ग्राहकलाई कर्जा छुट योजना ल्याएको छ ।
देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले बैंकले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिबाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको हो ।
बैंकका अनुसार भाखा नाघेको ९१ दिनदेखि १८० दिनसम्म १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढी समयदेखि भाखा नाघेकामा ३५ प्रतिशत ब्याज रकममा छुट दिने भएकको हो ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने जनाएको छ ।