arrow

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
prabhu-bank-cancer-hospital.jpg

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दै हरिसिद्धि ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । 

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । 

सम्झौताअनुसार प्रभु बैँक लिमिटेडका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । 

उक्त समारोहमा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागितासमेत रहेको थियो ।

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ