arrow

प्रभु बैँक र मुस्ताङका होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
prabhu-bank-mustang-hotel.jpg

काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

छुट्टाछुट्टै समारोहबीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख–शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्वारा हस्ताक्षर गरियो । 

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । 

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण मुस्ताङ जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ । 

अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा अलि भिन्न किसिमको छ । मुक्तिmनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम, मार्फा, ढुम्बाताल, लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ जस्ता सांस्कृतिक रुपमा परिचित मुस्ताङ स्याउ, आलु फापर, सिमी जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ । 

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारिको इतिहास बोकेको एक रमणीय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ । 

विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौरी गाई, घोडा जस्ता जनावरहरु देख्न सकिन्छ भने विभिन्न जातिका भेषभूषामा सजिएर तस्बिर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो । 
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने छ । 

सहभागी होटेलहरुमा होटेल डे पुराङ मुक्तिनाथ, युरिका इन मुक्तिनाथ, होटेल ग्राण्ड साम्बाला, मुक्तिनाथ होटेल सनराइज, जोमसोम एयरपोर्ट, होटेल एयरपोर्ट, होेटेल मन्डाला, लोमान्थाङ, होटेल त्रिभातिका, इको हिल रिसोर्ट, टुकुचे, होलिडे क्याम्प, होटेल ट्याङ्सरा कोवाङ, लुम्बिनी एन्ड रेस्टुरेन्ट, टीसारङ्ग, सी यु लज एन्ड रेस्टुरेन्ट लेटे र मार्फा अर्कार्ड होटे मार्फा रहेका छन् । 

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ । 

प्रभु बैँकले छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ