arrow

एकीकृत समाजवादीको महाधिवेशन

पार्टीमा गुटबन्दी नहोस् भन्ने कार्यकर्ताको चाहना छ -माधवकुमार नेपाल [भिडियो]

पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
madhav-nepal-03-15.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता कार्यकर्ताको चाहना रहेको बताएका छन् । 

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताए । उनले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता, कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताए । उनले विगतमा गुटले कम्युनिष्ट पार्टीको ठूलो नोक्शान पुर्‍याएको र अहिलेको महाधिवेशनमा नेताहरु एकतावद्ध भएर अघि बढुन् भन्ने नेता, कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको पनि बताए ।

अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले भने, ‘पद भएन भने त कुनै संगठन नै रहँदैन । तपाईको पत्रकार संगठन छैन पदहरु ? कम्युनिष्ट पार्टीमा पद चाहिँदैन ? त्यसो हुनाले पदको व्यवस्थापन स्वभाविक रुपमा हुन्छ । सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसावले लिन जरुरी छैन । तपाईले दोस्रो सोध्नु भयो, कहाँ कहाँ भेला भईरहेको छ । अनि भेला नभएर के गर्छन् त ? घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरु हुन्छन । छलफल हुन्छ । कोही रेष्टुरामा जान्छन, कोही होटलमा जान्छन । छलफल गर्दछन । चिया खान्छन । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामी कहाँ । देशभरीका कार्यकर्ता आउँदा त झन ज्यादा होटलका होटलहरु पनि भरिएका होला । त्यो होटलमा किन गए भन्नु त भएन तपाईहरुको भनाईको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरु मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ । विगतमा पनि गुटले गर्दाखेरी कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको छ । त्यो नहोस भन्ने तपाईहरुको सद्भाव, तपाईहरुको सद्भावना, चाहना अवश्य पनि प्रशंशनीय छ । त्यसकारण तपाईहरुलाई धन्यवाद पनि छ । हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ