नेकपा एसको महाधिवेशन शुरू, एमाले बाहेकका सबै दलका नेताहरु उपस्थित [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
985
Shares
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन शुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन शुरु भएको हो ।
महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जुपा नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव लगायतका नेताहरु पुगेका छन् ।
यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् । एमालेबाटै फुटेर बनेको दल भएकैले अहिलेसम्म एमालेले एसमाथि वैरभाव राखिरहेको छ ।
असार २० गतेसम्म पाँच दिन काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गरेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौँ महाधिवेशन भनेको छ ।