arrow

एकीकृत समाजवादीको महाधिवेशन

पार्टी महाधिवेशनमा अध्यक्ष नेपालले के भने ? [भिडियो]

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
madhav-nepal-03-16.jpg

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बिना पैसा कुनै पनि सरकारी सेवाहरू प्राप्त गर्ने परिस्थिति नरहेको बताए । 

उनले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए । उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताए । उनले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले त्यसका लागि नेपालका कम्युनिस्ट पार्टीहरूमा एकता र सहमति आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । बिना पैसाको कुनै काम हुँदैन । सेटिङहरु मिलाइएको छ । त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखा पर्छ । काम र व्यवहारमा देखा पर्छ । दोस्रो समस्या भनेको सामग्रिक वृहत चिन्तनको कमी । हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौँ खर्च गरिदिन्छौँ । अर्बौँ कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशीलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यी सबैका लागि पूर्वाधारको विकास होस् । पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस् । विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपालका कम्युनिस्ट पार्टीहरूमा एकता र सहमति आवश्यक छ ।’

 नेपालले १०औँ राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताए। उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ