arrow

बचतकर्ताको तीन करोड अपचलन गर्ने सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ असार १७ सोमबार
unity-bachat-sahakari-kavre.jpg

काभ्रे । बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटी बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् ।

सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला साविकको बनेपा नगरपालिका–६ अहिलेको बनेपा नगरपालिका–८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन् ।

बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनी विश्वासमा पारी बचत लिएको र फिर्ता माग्न जाँदा बचत फिर्ता नगरेको पीडितको गुनासो छ । 

प्रहरीले कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्धामा मुद्धा दर्ता गरेको छ ।

ठगी मुद्धामा कारबाही गरी पाउँ भनी ३० जना पीडितहरुले जिल्ला प्रहरी कार्यलयमा ठगी कसुर मुद्धामा जाहेरी दरखास्त गरेपछि निजहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
 



नयाँ