arrow

खोलाले बगाएर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
Dang-hamrakura.jpeg

दाङ । तुलसीपुर उपमहानगरपालिका-३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । 

सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई मंगलबार खोलाले बगाउँदा मृत्यु भएको हो । 

गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन् ।

खोलामा एक्कासि आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ